आगामी निर्वाचन देश जलाउने र बनाउने बीचको जनमत सङ्ग्रह हो : केपी ओली
काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई साधारण चुनाव नभई जनमत सङ्ग्रहको रूपमा लिनुपर्ने बताएका छन्।
आइतबार दमक नगरपालिका–१ मा आयोजित कार्यक्रममा उनले भने, “यो निर्वाचनबाट जनताले राष्ट्रवादी र राष्ट्र विरोधी कित्ताको निर्क्योल गर्छन्।”
ओलीले देशलाई अस्तव्यस्त पार्ने र अस्थिरता निम्त्याउने प्रयास गर्ने गतिविधिलाई आगामी चुनावमार्फत रोक्नुपर्नेमा जोड दिए।
उनले आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिको जीत आवश्यक रहेको भन्दै त्यसको नेतृत्व एमालेले गरिरहेको दाबी गरे।
.gif)

.png)

