इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिन र कडा कारबाही गर्न प्रचण्डको माग


२०८२ फाल्गुण २८ बिहीबार १३:२१ बजे

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतमा १६ वर्षीया बालिका इनिशा विकमाथि भएको सामूहिक बलात्कार र हत्या घटनाको छिटो तथा प्रभावकारी छानबिन गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीलाई कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका हुन् । 

‘सुर्खेतमा सोह्र वर्षीय बालिका इनिशा बिक माथि भएको सामूहिक बलात्कार र जघन्य हत्याको अपराधिक घटनाले मलाई मर्माहत बनाएको छ’, प्रचण्डले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मृतक बालिकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रचण्डले घटनाको निष्पक्ष, छिटो र प्रभावकारी छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७