सिंगापुरका प्रधानमन्त्री वङद्वारा बालेनलाई बधाई


२०८२ चैत १३ शुक्रबार १५:०६ बजे

काठमाडौं : सिंगापुरका प्रधानमन्त्री लरेन्स वङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन्।

उनले प्रधानमन्त्री शाह आबद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जनादेशले नेतृत्वप्रति जनताको विश्वास प्रकट गरेको उल्लेख गरेका छन्।

सिंगापुर र नेपालबीचको सम्बन्ध न्यानो र मैत्रीपूर्ण रहेको जनाउँदै वङले जनस्तरको घनिष्टता तथा बहुपक्षीय मञ्चहरूमा भइरहेको सहकार्यको प्रशंसा गरेका छन्।

दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन आगामी दिनमा सहकार्य गर्न आफू उत्सुक रहेको उनले बताएका छन्। साथै, उनले प्रधानमन्त्री शाहको सुस्वास्थ्य र नयाँ जिम्मेवारीमा सफलताको कामना गरेका छन्।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७