केपी ओली र रमेश लेखक पक्राउबारे रबि लामिछानेले के भने ?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको पक्राउप्रति उठेको विरोधबारे प्रतिक्रिया दिएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई स्मरण गर्दै न्यायको विषयलाई स्पष्ट पारे। ‘न्याय पाउने पहिलो हक शहीदकी आमाको हो, यसलाई प्रतिशोधन भन्न पाइनेछैन,’ उनले भने।
लामिछानेले विधि र प्रक्रियाको पालना गर्न विपक्षी दलहरूलाई समेत आग्रह गरे। साथै, सत्ता परिवर्तनपछि ‘विदेशी चलखेल’ भन्ने पुरानो आरोप दोहोरिन नदिने धारणा व्यक्त गरे।
‘सत्ता छाड्न परेपछि विदेशी चलखेल भन्ने खेल अब हुनेछैन। पारदर्शी परराष्ट्र नीति अवलम्बन गरिनेछ र यसले राष्ट्रहितलाई प्राथमिकता दिनेछ,’ उनले भने।
उनले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा पारदर्शिता र सुरक्षाको ग्यारेन्टी रहने विश्वाससमेत दिलाएका छन्।
.gif)

.png)

