बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ
काठमाडौँ : रोल्पाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हार्जङमा कार्यरत शिक्षक ठगेन्द्र खड्कालाई बालिका बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार शिक्षक खड्काले कक्षा ५ मा अध्ययनरत १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ। घटना यही चैत्र १७ गते भएको बताइएको छ।
पक्राउ परेका शिक्षकलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीय र पीडित परिवारका अनुसार खड्काले बालिकालाई विभिन्न प्रलोभनमा पारेर एकान्तमा बोलाएर बलात्कार गरेको आरोप लगाइएको छ।
घटनापछि स्थानीयवासी, अभिभावक र सरोकारवाला निकायहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
.gif)

.png)

