उपसभामुख निर्वाचन : आज उम्मेदवारी दर्ता


२०८२ चैत २६ बिहीबार ०९:३५ बजे

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज (चैत २६) उमेदवारी दर्ता हुँदैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म दर्ताको समय तोकिएको छ।

प्रतिनिधिसभाका सचिव हर्कराज राईले जारी गरेको सूचनाअनुसार दिउँसो २:३० बजे दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

उपसभामुखको निर्वाचन चैत २७ गते हुनेछ। अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। प्रस्तावमाथि छलफलपछि निर्णय लिइनेछ।

सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठकबाट निर्वाचन मिति तय गर्दै सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए।

उपसभामुख पदका लागि विपक्षी दलहरूले उमेदवारी दिने बताएका छन्। प्रतिनिधिसभामा दुईतिहाइ बहुमत नजिक रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन प्राप्त गर्ने दलबाटै उपसभामुख चयन हुने सम्भावना छ। हालसम्म रास्वपाले कसलाई समर्थन गर्ने भन्ने स्पष्ट गरेको छैन।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७