संविधान संशोधन बहसपत्र तयारी गर्ने कार्यदलको बैठक जारी
काठमाडौं : संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारमा जारी छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार तथा कार्यदलका संयोजक असिम शाहको अध्यक्षतामा बैठक बसिरहेको हो।
बैठकमा विभिन्न राजनीतिक दलबाट प्राप्त लिखित धारणा संकलन गर्दै संविधान संशोधनका मुद्दा पहिचान गर्ने र आगामी कार्ययोजना तय गर्ने विषयमा छलफल भइरहेको छ।
संविधान संशोधनसम्बन्धी विषयलाई व्यापक रूपमा अघि बढाउने लक्ष्य राखिएको संयोजक शाहले जानकारी दिए। उनका अनुसार संशोधन प्रक्रिया राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित हुने छ।
नेपालको संविधानको धारा २७४ अनुसार संशोधनसम्बन्धी स्पष्ट व्यवस्था रहेको उल्लेख गर्दै उनले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा जनतामा निहित सार्वभौमसत्ताविपरीत हुने गरी संविधान संशोधन गर्न नसकिने बताए।
निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक प्रतिनिधित्व, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार र प्रदेश संरचना सुधारका विषयमा विस्तृत छलफल गरेर अघि बढ्ने उनको भनाइ छ।
.gif)

.png)

