जावलाखेल चिडियाखानामा मृतावस्थामा पुरुष फेला
काठमाडौँ : ललितपुरको जावलाखेलस्थित चिडियाखानाभित्र एक पुरुषको डुबेर मृत्यु भएको छ। सोमबार बिहान चिडियाखानाभित्र रहेको पोखरीमा डुबेको अवस्थामा उनी फेला परेका थिए।
डुबेको अवस्थामा भेटिएपछि उनलाई तत्काल पाटन अस्पताल लगिएको थियो। चिकित्सकले मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार मृतक अन्दाजी ५५ वर्षका पुरुष रहेको अनुमान गरिएको छ। उनको पहिचान भने अझै खुल्न सकेको छैन।
उनी भन्छन्, ‘हामी अनुसन्धान गर्दैछौँ चिडियाखाना घुम्न गएका पुरुष हुनसक्ने अनुमान गरेका छौँ। भित्रका सीसीटीभी फुटेजमार्फत् अनुसन्धान थालेका छौँ।'
प्रहरीले ती पुरुष चिडियाखानाभित्र कसरी प्रवेश गरे र घटनाको कारण के हो भन्ने विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
.gif)

.png)


