त्रिपुरेश्वर घटनामा अर्जुन दोङको मृत्यु, बर्न अस्पतालमा आफन्त र समर्थकद्वारा प्रदर्शन
काठमाडौं : काठमाडौंको त्रिपुरेश्वरमा सोमबार आत्मदाहको प्रयास गरेका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको उपचारका क्रममा सोमबार नै मृत्यु भएको छ। दोङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।
घटनाप्रति गम्भीर आपत्ति जनाउँदै मृतकका परिवार तथा समर्थकहरूले मंगलबार बर्न अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने, पीडित परिवारलाई न्याय दिनुपर्ने तथा उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन्।
घटनासम्बन्धी थप विवरण आउन बाँकी छ।
.gif)

.png)


