सीईओ पाण्डेपछि बैंकिङ क्षेत्रका ४ संगठनले भन्यो : कर्जा असुली सीईओको मूल दायित्व

थुनाबाहिर राखेर अनुसन्धान गर्न आग्रह


२०८३ बैशाख ३१ बिहीबार १५:०२ बजे

काठमाडौं :  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिएको विषयमा बैंकिङ क्षेत्रका चारवटा प्रमुख संगठनहरूले संयुक्त रूपमा ध्यानाकर्षण भएको जनाएका छन् । 

पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको सन्दर्भमा नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘२०८३/०१/३१ – नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोको मिति २०८३र०१र३० को प्रेस विज्ञप्ती अनुसार नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिइएको सन्दर्भमा हाम्रो ध्यानाकर्षण भएको छ’, संयुक्त वक्तव्यमा भनिएको छ। 

बैंक वित्तीय तथा लघुवित्त संस्थाहरु बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा नेपाल राष्ट्र बैंकबाट जारी नीतिरनिर्देशनको अधीनमा रही आम सर्वसाधारणबाट निक्षेप संकलन गरी मुलुकको आर्थिक वृद्धि, रोजगारी सृजना तथा उद्यमशीलता विकासमा टेवा पुग्ने गरी कर्जा प्रवाह गर्दै आइरहेको उनीहरुले उल्लेख गरेका छन्। 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा (५७) ले बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा असुली नभएको अवस्थामा असुलीका लागि विशेष अधिकार दिएको उनीहरुको भनाइ छ।  ‘यो बैंकको प्राथमिक प्रकृया भित्र रहने र प्रमुख कार्यकारी अधिकृतको मूल दायित्वभित्र पर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘आम सर्वसाधारणको निक्षेप संकलन गरी जन विश्वासमा चल्ने बैंक जस्ता संस्थाको कर्जा असुली गरेको कारणबाट प्रमुख कार्यकारी अधिकृतको प्रक्राउले बैंकको साखमा नै गिरावट आउन सक्ने र बैंकको स्थायित्वमा नै आँच आउन सक्ने हुन्छ।’

विज्ञप्तिमार्फत चार संगठनले ‘सुन अनि थुन’को सिद्धान्तलाई आत्मसात् गर्न आग्रह गर्दै, सीईओ पाण्डेको पदको गरिमालाई समेत मध्यनजर गरी उनलाई थुना बाहिरै राखेर अनुसन्धान प्रक्रियाअगाडि बढाउन अपिल गरेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७