जापान र नेदरल्यान्ड्सको रोमाञ्चक बराबरी
काठमाडाैं : फिफा विश्वकप २०२६ अन्तर्गत सोमबार बिहान सम्पन्न जापान र नेदरल्यान्ड्सबीचको खेल २-२ गोलको रोमाञ्चक बराबरीमा सकिएको छ।
प्रतिस्पर्धात्मक बनेको यस खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि दोस्रो हाफमा दुवै टोलीले आक्रामक प्रदर्शन गर्दै गोलको वर्षा गरेका थिए।
खेलको ५१औँ मिनेटमा नेदरल्यान्ड्सका भर्जिल भान डाइकले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए, तर त्यसको ६ मिनेट नबित्दै ५७औँ मिनेटमा जापानका केइतो नाकामुराले बराबरी गोल फर्काए।
६४औँ मिनेटमा क्राइसेन्सियो समरभिलले पुनः नेदरल्यान्ड्सलाई अग्रता दिलाए पनि जापानले हार मानेन। खेलको ८९औँ मिनेटमा जापानले बराबरी गोल गर्दै नेदरल्यान्ड्ससँग अंक बाँड्न सफल भयो।
.gif)

.png)

