चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
मेघगर्जन र चट्याङसहित वर्षा हुने, सतर्क रहन आग्रह
काठमाडौं : देशभर आज साधारणतया बदली रहने भएको छ। मौसम पूर्वानुमानअनुसार विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मध्यमसम्म वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा समेत वर्षा हुन सक्नेछ।
यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। सम्भावित वर्षा, मेघगर्जन र चट्याङका कारण सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
.gif)

.png)

