भदौ ६ र ७ मा ‘एक्सट्रिम पीएमएनसी नेपाल फल’, अन्तर्राष्ट्रिय मञ्चको बाटो खुल्ने

पब्जी मोबाइलका उत्कृष्ट नेपाली टोली एकै ठाउँमा भिड्दै


२०८३ भदौ ५ शुक्रबार ०९:२५ बजे

काठमाडौं : नेपालमा पब्जी मोबाइलको राष्ट्रियस्तरको ई–स्पोर्ट्स प्रतियोगिता आयोजना हुने भएको छ। एक्सट्रिम इनर्जी ड्रिंकले ‘एक्सट्रिम २०२६ पीएमएनसी नेपाल फल’ आयोजना गर्न लागेको हो। दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भदौ ६ र ७ गते प्रतियोगिता सञ्चालन हुनेछ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा नेपालका उत्कृष्ट पब्जी मोबाइल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ। ‘रोड टु पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक ई–स्पोर्ट्स वातावरणलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा अघि बढ्ने अवसर पाउने आयोजकको भनाइ छ।

प्रतियोगिताको ग्रान्ड फाइनल नेपाली ई–स्पोर्ट्सप्रेमीका लागि मुख्य आकर्षण बन्ने आयोजकको अपेक्षा छ। उपाधिका लागि हुने प्रतिस्पर्धासँगै नेपालबाट अन्तर्राष्ट्रियस्तरमा प्रतिनिधित्व गर्न सक्ने टोलीमाथि समेत प्रतियोगितामा विशेष चासो रहनेछ। एक्सट्रिम इनर्जी ड्रिंकले यसअघि पनि क्रिकेटलगायत विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिमा सहभागिता जनाउँदै आएको जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७