ब्रोड पिकको हिमपहिरोले खोस्यो ६ नेपाली आरोही

ब्रोड पिक हिमपहिरोमा परेका सबै १० आरोहीको निधन


२०८३ श्रावण १६ शनिबार १८:०७ बजे

काठमाडौं : पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका सबै १० जना आरोहीको निधन भएको छ। बिहीबार आरोहणका क्रममा आएको हिमपहिरोमा परी ६ नेपालीसहित १० जना आरोही बेपत्ता भएका थिए। खोजी तथा उद्धारका क्रममा उनीहरूको निधन भएको पुष्टि भएको हो।

हिमपहिरोमा हराएका १० आरोहीमध्ये चार जनाको शव शुक्रबार फेला परेको थियो। तीमध्ये तीन जनाको पहिचान शुक्रबार नै खुलेको थियो।अन्य आरोहीहरूको पनि निधन भएको जनाउँदै प्रधानमन्त्री बालेन्द्र शाहले श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, ‘सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना।’

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाउने नेपाली आरोहीहरूमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’सहित पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नवाङ थिन्दु शेर्पा रहेका छन्।

आरोहण टोलीमा रहेका चार विदेशी आरोहीमा ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थी, पाकिस्तानका सोहेल साखी, चीनका वाङ झोङ र अमेरिकाकी म्यालोरी गाइस रहेका थिए।

ओमानकी नाधिरा र अमेरिकी आरोही म्यालोरी गाइसको शव शुक्रबार नै फेला परेको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७