रोल्पामा पहिरोमा परी १० जना बेपत्ता


२०८३ श्रावण २८ बिहीबार ०९:३१ बजे
AI Picture

रोल्पा :  थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा परी १० जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार पहिरोमा पुरिएका उनीहरूको खोजी कार्य जारी छ।

गएराति आएको पहिरोले घर तथा गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। पहिरोले आसपासका छ घरमा क्षति पुर्‍याएको र ती घरमा रहेका १० जना बेपत्ता भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

घटनास्थल रोल्पा र बागलुङको सीमाना नजिक पर्छ। जिल्ला सदरमुकामबाट करिब २१ कोशको दूरीमा रहेको घटनास्थलमा गएरातिदेखि नै प्रहरी टोली परिचालन गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीका अनुसार आज बिहानैदेखि सुरक्षा निकायको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन्। जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्यमा जुटेको उनले जानकारी दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७