सरकारी कर्मचारीमाथि कडाइ, चार महिनामै ११ हजार कर्मचारी कारबाहीमा

चार महिनामा ११ हजारभन्दा बढी कर्मचारी कारबाहीमा, ९२४ सरकारी कार्यालय अनुगमन


२०८३ भदौ ३ बुधबार १६:४६ बजे

काठमाडौं : राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो चार महिनामा ११ हजार ४ जना सरकारी कर्मचारीलाई अनुशासन उल्लङ्घन गरेको भन्दै कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ। केन्द्रका अनुसार गत चैतदेखि साउनसम्म ९२४ सरकारी कार्यालयको अनुगमन गर्दा आचारसंहिता तथा समय पालना नगर्ने १० हजार २६८ जना, तोकिएको पोशाक नलगाउने ६४५ जना र कार्यकक्षमा नभेटिएका ९१ जना कर्मचारी कारबाहीमा परेका हुन्।

यस अवधिमा केन्द्रमा सरकारी कार्यालय तथा कर्मचारीसँग सम्बन्धित एक हजार २९८ उजुरी दर्ता भएका थिए। तीमध्ये एक हजार ११४ अर्थात् ८५.८२ प्रतिशत उजुरी फछ्र्यौट गरिएको केन्द्रका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए। अघिल्लो वर्षको सोही अवधिमा ५५६ उजुरी दर्ता भएकामा ४१२ वटा मात्रै फछ्र्यौट भएका थिए।

सरकारी सेवामा अनुशासन र जवाफदेहिता बढाउन केन्द्रले आगामी दिनमा अनुगमन, छड्के जाँच तथा अनुसन्धानमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता (एआई) र डेटा विश्लेषणको प्रयोग बढाउने जनाएको छ। केन्द्रले सरकारी कर्मचारीको आचारसंहिता उल्लङ्घन, काममा लापरबाही, अनियमितता वा शंकास्पद सम्पत्तिसम्बन्धी सूचना ०१४२००३४५ मा फोन गरेर दिन सकिने जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७