विद्यालय कर्मचारी, सहयोगी, ईसीडी सहजकर्ता र अनुदान कोटाका शिक्षकको तलब वृद्धि

मासिक ५ हजार बढाउने सरकारको निर्णय


२०८३ भदौ ३ बुधबार १७:४४ बजे

काठमाडौं : सरकारले प्रारम्भिक बाल विकास (ईसीडी) सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको पारिश्रमिक मासिक ५ हजार रुपैयाँले बढाउने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँ थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकले माध्यमिक तह (कक्षा ९–१०) र आधारभूत तह (कक्षा ६–८) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकको तलब पनि वृद्धि गर्ने निर्णय गरेको छ। अब माध्यमिक तहका शिक्षकको तलब माध्यमिक तृतीय श्रेणी र आधारभूत तहका शिक्षकको तलब निम्न माध्यमिक तृतीय श्रेणीको शिक्षकको तलब बराबर कायम गरिने भएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७