एमएडब्लूको दिपल निभो क्यू ०५ आगामी साता नेपालमा सार्वजनिक हुँदै

५४० लिटरको बुट र १६२ किलोवाटसम्म चार्जिङ क्षमता


२०८३ भदौ ५ शुक्रबार १३:०६ बजे

काठमाडौं : एमएडब्लू वृद्धि अटोकर्पले दिपल निभो क्यू ०५ आगामी साता नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ। चीनमा आफ्नो सेग्मेन्टमा लोकप्रिय यो एसयूभीले कम्फर्ट, डिजाइन र प्रविधिमा नयाँ अनुभव दिने कम्पनीको दाबी छ। क्यू ०५ मा सहरमा सहज रूपमा चलाउन मिल्ने बाहिरी आकारसँगै फराकिलो र व्यावहारिक क्याबिन दिइएको छ। यसको २,७३५ मिलिमिटर ह्वीलबेसका कारण पछाडिका यात्रुका लागि पर्याप्त स्पेस उपलब्ध हुने कम्पनीले जनाएको छ।

रिक्लाइन गर्न मिल्ने पछाडिका सिट तथा ५४० लिटरको स्ट्यान्डर्ड बुट पनि यसका प्रमुख विशेषता हुन्। चांगानको ग्लोबल डिजाइन नेटवर्कअन्तर्गत विकास गरिएको क्यू ०५ मा एरोडायनामिक प्रोफाइल, विशिष्ट लाइट सिग्नेचर र फराकिलो रोड प्रेजेन्स दिइएको छ। डिजाइन टोलीमा ३१ देश तथा क्षेत्रका ९१५ डिजाइन प्रोफेसनल आबद्ध रहेको कम्पनीले जनाएको छ।

क्यू ०५ मा चांगानको गोल्डेन सिल्ड २.० ब्याट्री सिस्टम प्रयोग गरिएको छ। यसले ३सी फास्ट चार्जिङ सपोर्ट गर्ने तथा अधिकतम १६२ किलोवाटसम्म डीसी चार्जिङ क्षमता रहने कम्पनीले जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७