रसुवा बाढी प्रभावितको उद्धार तीव्र, गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइने
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित घाइते तथा जोखिममा परेका नागरिकको उद्धार बिहीबार बिहानैदेखि पुनः तीव्र पारिएको छ। नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरेर प्रभावित क्षेत्रबाट उद्धार थालिएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले घाइतेको अवस्था हेरेर उद्धार तथा उपचारलाई प्राथमिकताका आधारमा अघि बढाउने निर्णय गरेको छ।
गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई सुरुमा रसुवाको धुन्चे र नुवाकोटको विदुरस्थित नेपाली सेनाका ब्यारेकमा स्थापना गरिने अस्थायी उपचार क्याम्पमा लगिनेछ। गम्भीर अवस्थाका घाइतेलाई भने थप उपचारका लागि तत्काल हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ। उद्धारका क्रममा घाइतेको अवस्था वर्गीकरण गरी उपचार आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरिनेछ।
यसैबीच, बाढी प्रभावितका लागि आवश्यक राहत सामग्री स्थलमार्गबाट विदुरस्थित नेपाली सेनाको ब्यारेकतर्फ पठाउन थालिएको छ। उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउने कामलाई पनि तीव्रता दिइएको छ।
.gif)

.png)

