बाढी प्रभावित नेपाललाई भारतले दियो १० टन मानवीय सहायता
काठमाडौं : नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि भारत सरकारले १० टन मानवीय सहायता सामग्री उपलब्ध गराएको छ। छिमेकी मुलुक नेपालमा विपद् आइपरेको अवस्थामा ऐक्यबद्धता जनाउँदै भारतले राहत सामग्री उपलब्ध गराएको हो। काठमाडौंस्थित भारतीय दूतावासका अनुसार उक्त सामग्री बुधबार राति नेपाललाई हस्तान्तरण गरिएको हो।
.png)
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेललाई राहत सामग्री हस्तान्तरण गरेका हुन्। भारतको विदेश मन्त्रालयले उपलब्ध गराएको मानवीय सहायताले बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेको राहत तथा पुनर्स्थापनाको काममा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
सहायता हस्तान्तरणका क्रममा भारतीय पक्षले संकटका बेला नेपाललाई आवश्यक सबै प्रकारको सहयोग गर्न भारत प्रतिबद्ध रहेको जनाएको छ। साथै, विपद्को समयमा नेपालसँगै रहने प्रतिबद्धता पनि दोहोर्याएको छ।
.png)
.gif)

.png)

