बहराइनविरुद्ध सन्दीपको शानदार कमब्याक, एकै ओभरमा झारे दुई विकेट


२०८३ भदौ १५ सोमबार ०८:३७ बजे
फाइल फोटो

काठमाडौं : एसीसी प्रिमियर कपमा बहराइनविरुद्धको खेलमा नेपालका कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गर्दै एकै ओभरमा दुई विकेट लिएका छन्। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलमा जारी खेलमा १२औँ ओभर लिएर आएका सन्दीपले पहिलो र चौथो बलमा विकेट हात पारेका हुन्।

सन्दीपले ओभरको पहिलो बलमै अहमर बिन लासिनलाई आउट गरे। त्यसपछि चौथो बलमा शुजत रसुल खानलाई आफ्नो शिकार बनाए। सन्दीपको उत्कृष्ट बलिङसँगै बहराइन दबाबमा परेको छ। पछिल्लो अवस्थामा बहराइनले १३.१ ओभरमा पाँच विकेट गुमाएर ४३ रन बनाएको छ।

कप्तानीमा फर्किएपछि सन्दीपको यो पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल हो। नेपालले खेलमा टस जितेर बहराइनलाई पहिले ब्याटिङको निम्तो दिएको थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७