देउवा समूहले ५५ जिल्लामा तोक्यो संयोजक, वडा अधिवेशनको कार्यतालिका तय


२०८३ असोज ८ बिहीबार १३:०५ बजे
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै शेरबहादुर देउवा समूहले ५५ जिल्लामा महाधिवेशन संयोजक तोकेको छ।

पूर्वमहामन्त्री डा.शशांक कोइरालाको संयोजकत्वमा गठित १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिमार्फत सात प्रदेशमध्ये मधेशबाहेक ६ प्रदेशका जिल्लामा संयोजक तोकिएको हो। 

जसअनुसार कोशी प्रदेशका ८, बागमतीका ११, गण्डकीका ८, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तोकिएको देउवा समूहको चुनदेवीस्थित सम्पर्क कार्यालयले जानकारी दिएको छ।

यस्तै कोशी प्रदेशमा पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, खोटाङमा रोजन राई, ओखलढुंगामा बालगोविन्द राजभण्डारी र उदयपुरमा बसन्त बस्नेतलाई जिम्मेवारी दिइएको छ। 

मोरङमा विनायक पन्त र उदयपुरमा गोविन्द चाम्लिङलाई सहसंयोजक बनाइएको छ। कोशीका ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा भने संयोजक तोक्न बाँकी छ।

यसैगरी बागमती प्रदेशमा दोलखामा ताराकुमार खड्का, रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल बिक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौंमा जयकृष्ण महर्जनलाई जिम्मेवारी दिइएको छ। 

दोलखामा जयराज श्रेष्ठ सहसंयोजक छन् भने सिन्धुली र काभ्रेपलाञ्चोकमा संयोजक चयन हुन बाँकी छ।

तर मधेश प्रदेशका कुनै पनि जिल्लामा भने देउवा समूहले अहिलेसम्म संयोजक तोकेको छैन।

यता गण्डकी प्रदेशमा गोरखामा भूगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषिराम काफ्ले, मनाङमा नाचोङ गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुनमगर, बाग्लुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटीलाई जिम्मेवारी दिइएको छ। 

तनहुँ, मुस्ताङ र स्याङ्जामा संयोजक तोक्न बाँकी छ।

यस्तै लुम्बिनी प्रदेशमा नवलपरासीमा विकास घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा वेदबहादुर थापा, रुकुम पूर्वमा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरीसिंह बिष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जग्गाप्रसाद पाण्डेलाई संयोजक बनाइएको छ। कपिलवस्तुमा खुर्सेद अहमद खाँलाई सहसंयोजक बनाइएको छ।

कर्णाली प्रदेशका डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा र सुर्खेतमा ललित भट्टराईलाई जिम्मेवारी दिइएको छ। रुकुम पश्चिम र सल्यानमा संयोजक तोक्न बाँकी छ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर बिष्ट, डडेल्धुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेमबहादुर डगौरा थारुलाई संयोजक तोकिएको छ। कैलालीमा रामसमझ राना सहसंयोजक छन् भने अछाममा संयोजक तोक्न बाँकी रहेको जनाइएको छ।

कोइरालाको संयोजकत्वमा रहेको तयारी समितिले १५ असोजमा वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ। निर्धारित कार्यतालिकाअनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन २१ देखि २३ मंसिरसम्म काठमाडौंमा गर्ने तयारी छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७