सर्वोच्चद्वारा एन्फाका कोषाध्यक्ष र लेखापाललाई थुनामुक्त गर्न अस्वीकार


२०८३ असोज १५ बिहीबार १८:४५ बजे
फाइल फोटो

काठमाडौं : सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले उनीहरूलाई थुनामुक्त गर्न माग गर्दै दायर छुट्टाछुट्टै बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको हो।

जोशीकी पत्नी शोभा जोशी र पाण्डेकी पत्नी अनिता पाण्डेले आफ्ना श्रीमान्लाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले दुवै रिट खारेज गर्दै उनीहरूलाई थुनामा राखेर अनुसन्धान अघि बढाउनु विधिसम्मत रहेको ठहर गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले असोज २ गते एन्फाको केन्द्रीय कार्यालयमा छापा मारेर जोशी र पाण्डेलाई पक्राउ गरेको थियो। उनीहरूमाथि खेलमा मिलेमतो, अनियमितता तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७