गोरखामा बाढीको वितण्डा : चार जना सम्पर्कविहीन
गोरखा : गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलाबाट बुढीगण्डकी नदीमा आएको बाढीले धार्चे गाउँपालिका जोड्ने माछीखोला पुल बगाएको छ।
बाढीले माछीखोला बजारमा समेत क्षति पुर्याएको छ। बाढीले आरुघाट गाउँपालिकाको सोती र मान्बु जोड्ने पुलसमेत बगाएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
बाढीका कारण जिल्लाका विभिन्न क्षेत्रमा भौतिक क्षति भएको छ। उङगिलुङ खोला किनारमा रहेका चारवटा गोठ बाढीले बगाएको छ।
ती गोठमा बाँधिएका १५ वटा याक र नाकसमेत बगेका छन्।
पशुको हेरचाहका लागि गोठमा बसेका चार जना व्यक्ति भने सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी तथा बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ।
.gif)

.png)



