नेपाल मेडिकल कलेजमा रोजगारीको अवसर


२०८३ कार्तिक १५ आइतबार ०७:५१ बजे
फाइल फोटो

काठमाडौं : जोरपाटीस्थित नेपाल मेडिकल कलेजले शैक्षिक, प्राविधिक, नर्सिङ तथा प्रशासनिक गरी विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले योग्य तथा इच्छुक उम्मेदवारबाट आगामी कात्तिक २१ गतेसम्म आवेदन आह्वान गरेको हो ।

कलेजले सहायक प्राध्यापक, लेक्चरर, स्टाफ नर्स, आईटी सहायक, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट, हेमोडायलाइसिस टेक्निसियन, प्रशासनिक सहायक र कम्प्युटर अपरेटर पदमा कर्मचारी माग गरेको छ । यस्तै, सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्टका लागि पनि आवेदन खुलाएको छ ।

शैक्षिक पदतर्फ इमर्जेन्सी मेडिसिनमा एमडीजीपी, रेडियोलोजीमा एमडी, मेडिकल इमेजिङ टेक्नोलोजीमा एमएस्सी तथा बायोकेमेस्ट्री र फिजियोलोजीमा एमडी गरेका उम्मेदवारले आवेदन दिन सक्नेछन् ।

स्टाफ नर्स पदका लागि नर्सिङमा बीएस्सी वा पीसीएल उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ । मिडवाइफरी तथा आईसीयू तालिम लिएका र अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने कलेजले जनाएको छ ।

आईटी सहायक पदका लागि सम्बन्धित विषयमा स्नातक उत्तीर्ण गरेको हुनुपर्नेछ । नेटवर्क तथा सिस्टम सपोर्ट, हार्डवेयर, सफ्टवेयर, सर्भर व्यवस्थापन र प्राविधिक सहयोगसम्बन्धी ज्ञान भएकालाई प्राथमिकता दिइनेछ ।

त्यस्तै, क्याथ ल्याब टेक्निसियन, डेन्टल ल्याब टेक्निसियन, डेन्टल हाइजिनिस्ट र हेमोडायलाइसिस टेक्निसियन पदका लागि सम्बन्धित विषयको शैक्षिक योग्यता तथा तालिम आवश्यक पर्नेछ। यी पदमा अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

प्रशासनिक सहायक पदका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने कम्प्युटर अपरेटरका लागि सम्बन्धित क्षेत्रमा स्नातक तह तथा आधारभूत ग्राफिक्ससम्बन्धी ज्ञान आवश्यक पर्नेछ ।

इच्छुक उम्मेदवारले कलेजको आधिकारिक करिअर वेबसाइट यहाँ मार्फत अनलाइन आवेदन दिन सक्नेछन् । इमेलमार्फत आवेदन दिन चाहनेले आफ्नो विवरण career@nmcth.edu मा पठाउन सक्नेछन् ।

कलेजले आवेदनको अन्तिम मिति २०८३ कात्तिक २१ गते तोकेको छ। आवेदन दिनुअघि सम्बन्धित पदको योग्यता, आवश्यक कागजात र अन्य सर्त अध्ययन गर्न कलेजले आग्रह गरेको छ ।

झन्डै तीन दशकदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा योगदान दिँदै आएको नेपाल मेडिकल कलेजले यस अवसरमार्फत योग्य जनशक्तिलाई आफ्नो संस्थामा आबद्ध हुने अवसर प्रदान गरेको जनाएको छ ।

हेर्नूहोस् सूचनाः

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७