६४ वर्षदेखि बेपत्ता स्की खेलाडीको शव पहिचान
इटलीको प्रहरीका अनुसार सन् २००५ मा एओस्टा क्षेत्रमा पर्ने एल्पस् पर्वत क्षेत्रको अग्लो स्थानमा मानिसको शवको अवशेष स्की खेल्ने उपकरण र चश्मा फेला परेको थियो । उनीहरूले शवको पहिचान गर्न नसकेपछि गत महिना आफूलाई प्राप्त जानकारी तथा प्रमाणहरू सामाजिक सञ्जाल फेसबुकमा राखिदिएका थिए । एक फ्रान्सेली परिवार त्यो चश्मा हेन्री ल मास्नेले लगाएको चश्मासँग मिलेको प्रहरीलाई बताएपछि शवको फोरेन्सिक परीक्षण थालियो ।
निष्कर्ष
चश्मा र उपकरण स्विट्जरल्याण्डको सीमा नजिकै पर्ने एल्पस् पर्वतमा ३ हजार मिटरको उचाइमा फेला पारिएको थियो । प्रहरीले शव करीब ३० वर्ष उमेरका युवकको भएको र उनको मृत्यु भएको हुनसक्ने निष्कर्ष निकाल्यो ।
त्यसबारे फ्रान्सका सञ्चारमाध्यमले प्रशारण गरेको समाचार सुनेपछि एम्मा नासेमले त्यो शव आफ्नो हराइरहेका काका, ल मास्नेको हुन सक्ने अनुमान गरिन् । उनी सन् १९९५ मा आँधी आएको बेला माटेरहोर्न क्षेत्रमा स्की खेल्ने क्रममा बेपत्ता हुन पुगेका थिए ।
हुलिया
ल मास्नेका ९४ वर्षका भाइ रोजरले पनि इमेलमार्फत आफ्ना दाजुको हुलिया बताए । उनले इमेलमा लेखका छन्, ‘म हेन्री ल मास्नेको भाइ हुँ...उनी ६४ वर्षअघिदेखि हराइरहेका स्की खेलाडी हुन सक्छन् । उनी अविवाहित र स्वतन्त्र खालका थिए । उनी प्यारिसमा अर्थ मन्त्रालयमा काम गर्दथे ।’ प्रहरीका अनुसार परिवारजनले पठाएको तस्वीरमा देखिएको चश्मा र एल्पसमा भेटिएको चश्मा मेल खायो ।
डीएनए अर्थात् आनुवंशिक परीक्षणबाट त्यो शवको अवशेष ल मास्नेको भएको प्रमाणित भएको इटालीको प्रहरीको भनाइ छ । बीबीसी .gif)

.png)

