पदमुक्त भएर नौं बर्षपछि प्रतिपक्षमा पुगेका प्रचण्डले शीतलनिवास पुगेर भेटे राष्ट्रपति

प्रचण्ड आजै खुमलटार सर्ने


२०८१ असार २८ शुक्रबार ०५:०५ बजे

काठमाडौँ । प्रतिनिधिसभामा विश्वासको मत गुमाएसँगै पदमुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति भेट्न शीतलनिवासमा पुगेका छन् । प्रतिनिधिसभाको यो कार्यकालमा चार पटकसम्म विश्वासको मत पाएका प्रचण्ड पाँचौ पटकमा विश्वासको मत गुमाएसँगै उनी राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका हुन् । 

भेटमा उनले आफूले प्रतिनिधिसभामा राखेको विश्वासको प्रस्तावसम्बन्धी मतदानको परिणाम राष्ट्रपतिलाई सुनाएको र नयाँ सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेको बताइएको छ । प्रधानमन्त्री दाहालले आजको बैठमा राखेको विश्वासको मत सम्बन्धी प्रस्तावमा पक्षमा ६३ , विपक्षमा १९४ र मत दिन्न भन्ने प्रस्तावमा एक मत खसेको थियो ।

विश्वासको मत गुमाएसँगै प्रधानमन्त्रीबाट प्रचण्ड बाहिरिएिका छन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको आजको बैठकमा संविधानको धारा १०० (२) मा रहेको व्यवस्थाअनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव राखेका थिए । २०५२ फागुन १ गते प्रस्थान र २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको दिनलाई विश्राम मान्दा करिब ११ वर्ष सशस्त्र विद्रोह गरेको नेकपा माओवादी केन्द्र शान्ति प्रक्रियामा आएको १७ वर्ष ७ महिना पुगेको छ ।

यस अवधिमा २०६६ जेठ ११ मा बनेको तत्कालीन एमाले नेता माधवकुमार नेपाल (हाल नेकपा एसका अध्यक्ष) नेतृत्वको सरकार र दोस्रो संविधानसभाको निर्वाचनपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वमा २०७० माघ २८ मा बनेको सरकार बाहेकका सबै सरकारमा माओवादी सहभागी छ । यस अवधिमा तीन पटक स्वयं दाहाल र एकपटक तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईको नेतृत्वमै सरकार बनेको छ । 

प्रचण्ड आजै खुमलटार सर्ने
प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीमा विश्वासको मत नपाएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालयबाट सोझै निवास निवास जाने भएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकमा विश्वासको मत नपाएपछि प्रचण्ड यसको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई गराएर सोझै ललितपुरको खुमलटारस्थित निजी निवासमा फर्किने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् । 

‘प्रतिनिधि सभामा विश्वासको मतको प्रक्रियापछि यसको जानकारी गराउने र बिदाइ भेटको लागि प्रधानमन्त्री शीतलनिवास पुग्नु भएको छ,’ आचार्यले भने, ‘राष्ट्रपतिलाई जानकारी गराएपछि बालुवाटार नगइ प्रधानमन्त्री खुलमटारस्थित निवासमा फर्किनु हुन्छ ।’  प्रचण्डले विश्वासको मत नपाएसँगै अब कांग्रेस र एमाले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउने तयारीमा छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७