प्रधानमन्त्रीमा ओलीले आजै दावी पेश गर्ने, देउवासहित शीतलनिवास जाँदै


२०८१ असार २८ शुक्रबार ०५:२९ बजे

काठमाडौं । सरकार गठनका लागि नेकपा एमाले र नेपाली कांग्रेसले दाबी पेस गर्न तयार पारिएको पत्रमा हस्ताक्षर गरेका छन् । संसद भवनमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रमा हस्ताक्षर गरेका हुन् ।

अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि आजै दाबी पेश गर्ने भएका छन् । आजै सवा ९ बजे बहुमत सांसदको हस्ताक्षरसहित शीतलनिवास जाने तयारी भइरहेको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

शीतलनिवासमा दाबी पेस गर्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र ओलीसहित केही अन्य सांसद जाने तयारी रहेको छ । आज (शुक्रबार) साँझ राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समय दिएका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार कानुनविद्हरूसँग नयाँ सरकार गठनका विषयमा छलफल गरेका छन् । संसदबाट विश्वासको मत नपाएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । अब नयाँ सरकार गठनको संवैधानिक व्यवस्थाका विषयमा कानुनविद्हरूसँग राष्ट्रपति पौडेलले परामर्श गरेका हुन् । कानुनविद्हरूले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्न सुझाव दिएका थिए । सोही अनुसार राष्ट्रपति कार्यालयले पनि नयाँ सरकार गठनको आह्वान गरेको हो । नयाँ सरकारको दावी गर्न आइतबार ५ बजेसम्मको समय दिइएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७