नयाँ प्रधानसेनापतिले जिम्मेवारी सम्हाल्नु अघि सेनाका उच्च अधिकृतहरुको जिम्मेवारी हेरफेर


२०८१ श्रावण २६ शनिबार २०:१८ बजे

काठमाडौं :  प्रधान सेनापति प्रभुराम शर्माको बिदाई र वरिष्ठ रथी अशोकराज सिग्देलले जिम्मेवारी सम्हाल्नु अघि उच्च सैनिक अधिकृतहरुको जिम्मेवारी हेरफेर भएको छ । गत १६ साउनमा नेपाली सेनाको कायममुकायम (कामु) प्रधानसेनापतिको जिम्मेवारी वरिष्ठ रथी सिग्देलले पाएका छन् ।

हालका प्रधानसेनापति प्रभुराम शर्माको तीन वर्षे कार्यकाल २४ भदौमा सकिंदैछ । त्यसको एक महिनाअघि विदा बस्ने सैनिक परम्परा भएकाले सरकारले सिग्देललाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिएको हो ।

३७ वर्षअघि सैनिक सेवामा प्रवेश गरेका सिग्देलको स्थायी घर भैरहवा हो । उनले रणनीतिक अध्ययनमा त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय डिफेन्स युनिभर्सिटीबाट स्नातकोत्तर अध्ययन गरेका छन् ।

आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका समेत विद्यार्थी उनले जंगी अड्डाको युद्धकार्य विभाग र व्यवस्था, नीति तथा योजना महानिर्देशनालयको नेतृत्व गरिसकेका छन् ।

प्रधानसेनापतिको सैनिक सचिवसमेत रहिसकेका सिग्देलले संयुक्त राष्ट्र संघको शान्ति मिसनका क्रममा उनले युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरियामा काम गरेका छन् ।

प्रधान सेनापति प्रभुराम शर्मा र कायममुकायम प्रधानसेनापति अशोक सिग्देल ।
 

बिदा बस्नु अप प्रधानसेनापति शर्माले साढे तीन दर्जन सैनिक अधिकृतको सरुवा तथा काज नियुक्ति गरेका हुन् । ४ प्रमुख सेनानी, ९ सेनानीसहित ४० सैनिक अधिकृतलाई निर्णय साउन १८ गतेबाट लागू हुने व्यहोरा नयाँ जिम्मेवारी दिएका हुन् । 

नयाँ जिम्मेवारी अनुसार निरीक्षणाधिकृत विभाग (काज–बलाध्यक्ष विभाग) मा कार्यरत प्रमुख सेनानी शिवप्रसाद पौडेललाई सेनापतिको कार्यालयमा सरुवा गरिएको छ । प्रमुख सेनानी जीवन शर्मा प्रशासन तथा व्यवस्थापन महाशाखा (सैनिक हवाई सेवा) मा जिम्मेवारी पाएका छन् । 

सैनिक आवासीय महाविद्यालयका दीपक टण्डन क्षेत्री प्रधानसेनापतिको कार्यालयमा आएका छन् । नम्बर ३ बाहिनी अड्डा, पोखराका लेफ्टिनेन्ट कर्णेल कमल केसीको जिम्मेवारी पनि प्रधानसेनापतिको कार्यालयमा तोकिएको छ ।  भैरवीदल गणमा कार्यरत सेनानी पवन विष्टलाई गुणस्तर नियन्त्रण महाशाखाको जिम्मेवारी दिइएको छ । फष्र्ट राइफल गणका मेजर विकास गुरुङलाई प्रधानसेनापतिको कार्यालयमा जिम्मेवारी तोकिएको छ । सेनानी भावना केसीलाई प्रशासन तथा व्यवस्थापन महाशाखा (सैनिक हवाई सेवा) मा खटाइएको छ । 

सैनिक परिवहन (मुभकन) महाशाखाकी सेनानी सुविना राणाले नयाँ सबुज गणमा जिम्मेवारी पाएका छन् । गरुडदल गणका सज्जनध्वज थापालाई उपत्यका पृतना हेडक्वार्टर सरुवा गरिएको छ । नम्बर २२ बाहिनी अड्डाका मेजर प्रवल देउवालाई प्रधानसेनापतिको कार्यालयमा खटाइएको छ । 

 

प्रधानसेनापतिको कार्यालयमा कार्यरत सेनानी रघुनाथ रूपाखेती नम्बर ६ बाहिनी अड्डा, बैरेनी पुगेका छन् । मध्यपश्चिम पृतना हेडक्वार्टरका सेनानी विश्वास थापा प्रधानसेनापतिको कार्यालयमा आएका छन् । सेनानी प्रमोद अधिकारीको पशुपतिप्रसाद गणमा सरुवा भएको छ । उनी नरसिंहदल गणमा थिए ।

मेजर अनिषा खड्कालाई प्राड विवाक (कानुन) मा लगिएको छ । उनी नम्बर ६ बाहिनीमा थिइन् । फष्र्ट राइफल गणका क्याप्टेन रमेश नेपालीलाई अति विशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयमा सरुवा गरिएको छ । सहसेनानी ईन्द्रकुमार खड्कालाई मध्यपश्चिम पृतना तालिम शिक्षालमा पठाइएको छ । उनी शेर गणमा थिए । सहसेनानी सुमित भण्डारीलाई नम्बर २ राजदल गणबाट मध्यपूर्वी पृतना तालिम शिक्षालय पठाइएको छ । 

रुद्रध्वज गणका सहसेनानी प्रशान्त केसीलाई स्वास्थ्य सेवा महाशाखामा खटाइएको सैनिक सचिव विभागले जनाएको छ । प्रधानसेनापतिको कार्यालयमा कार्यरत सहसेनानी कृति राई नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान पुगेकी छिन् सहसेनानी सलिना खड्कालाई एकीकृत सैनिक बन्दोबस्ती शिक्षालय पु-याइएको छ । उनी नम्बर १६ बाहिनी अड्डामा थिइन् । 

युद्धभैरव गण (काज–प्रधानसेनापतिको कार्यालय) का सहसेनानी अमित लामालाई पुरानो गोरख गण लगिएको छ । लेखा सहसेनानी सपना साह प्रधानसेनापतिको कार्यालय पुगेकी छन् । उनी बहुव्यवसाय उद्योग कार्यालय (पहिरन सामग्री शाखा) मा थिइन् ।

प्राड सहसेनानीद्वय हरिचन्द्र खड्का नम्बर ( बाहिनी प्राड र राज सिलवाल नम्बर ५ बाहिनीमा सरुवा भएका छन् । उनीहरू क्रमशः नम्बर २६ बाहिनीमा थिए । उपसेनानी अभिमानसिंह थापा सरुवा भएर चण्डीदल गणबाट युद्धकवच गण गएका छन् । क्याप्टेन मुना कार्की नम्बर ६ बाहिनीमा सरुवा भएकी छन् ।

सविना बुढाथोकीलाई कानुनमा खटाइएको छ । उनी नम्बर ३ बाहिनीमा थिइन् । सुनिता बोहरालाई नम्बर २६ बाहिनीमा काज सरुवा गरिएको छ । त्यस्तै, उपसेनानी सिग्मा कुँवरलाई नम्बर २७ बाहिनी मध्यपूर्वी पृतनामा काजमा खटाइएको छ ।

रणदल गुल्ममा उपसेनानी वसन्तकुमार खड्का आएका छन् । उनी अर्जुनवाण गणमा थिए । गुरु गोरख गुल्ममा चण्डीप्रसाद गणका उपसेनानी घनश्याम भट्टराई आएका छन् ।  

नयाँ रणभीम गुल्ममा रणसिंहदल गणका उपसेनानी बालकृष्ण अर्यालको सरुवा भएको छ । उपसेनानी सविन्द्र शाह भैरव गणबाट समशेर गुल्म पुगेका छन् । देवीबक्स गुल्ममा उपसेनानी श्यामचन्द्र श्रेष्ठलाई ल्याइएको छ । उनी रणशार्दुल गणमा थिए । 

उपसेनानी आरती अर्याललाई नम्बर ३ बाहिनी (पश्चिम पृतना), सुरुची बिडारीलाई नम्बर २ बाहिनी (पूर्वी पृतना), रमेश बस्नेतलाई नम्बर ७ बाहिनी (मध्य पृतना) र दीपक बस्न्यातलाई नम्बर २२ बाहिनी (मध्यपश्चिम पृतना) मा काजमा पठाइएकोे छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७