ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खस्यो
काठमाडौं । तनहुँको आँबुखैरहनीमा बस दुर्घटनामा परेको छ । भर्खरै ऐनापहराबाट मर्स्याङ्दी नदीमा बस खसेको नेपाल प्रहरीले जनाएको छ ।
साढे ११ बजेतिर बस मर्स्याङ्दीमा खसेको सूचना प्राप्त भएको र घटनास्थलमा प्रहरी पुगिसकेको तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले बताएका छन् । अहिले इन्सपेक्टर नेतृत्वमा नेपाल प्रहरीको टोली पुगिसकेको छ ।
यस्तै सशस्त्र प्रहरीको विपद उद्धार टोली पनि घटनास्थलतर्फ गइसकेको छ । भारतीय नम्बर प्लेटको गाडी रहेको प्रारम्भिक सूचना आएको तर निश्चित हुन बाँकी रहेको पनि उनले बताएका छन् । घटनाबारे सबै जानकारी आइसकेको छैन ।
.gif)

.png)


