प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित


२०८१ चैत १३ बुधबार १७:२१ बजे

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरूले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा सरकारको जवाफ माग्दै सदन अवरूद्व गरेपछि बैठक स्थगित भएको हो ।

बैठक सुरू हुनासाथ सरकारको जवाफ माग्दै प्रतिपक्षी दलहरूले बैठक अवरूद्व गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका थिए । फेरि दोस्रो पटक बसेको बैठकमा पनि प्रतिपक्षीले अवरोध कायमै राखेपछि सभामुख घिमिरेले भोलिसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७