‘दलितलाई खै ?’ भन्ने अभियन्ता खगेन्द्र सुनार मन्त्री बन्ने

यी हुन् मन्त्री बन्ने चार जना


२०८२ कार्तिक ९ आइतबार ०९:१५ बजे

काठमाडौं । अभियन्ता खगेन्द्र सुनार मन्त्री बन्ने भएका छन् । उनी सुशीला कार्की नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने स्रोतले बतायो ।

दैलेखका सुनारले केही समयदेखि काठमाडौंमा दलित अभियान सञ्चालन गरिरहेका छन् । उनले शरीरभरी नेल लगाएर ‘दलितलाई खै ?’ भन्ने अभियान सञ्चालन गरेर धेरैको ध्यान तान्न सफल भएका छन् । 

अभियन्ता सुनार कलाकार र पत्रकारसमेत हुन् ।

यी चार जना मन्त्री बन्ने
सरकारमा थपिने चार जना मन्त्रीहरुको नाम टुंगो लागेको छ । 

स्रोतका अनुसार नयाँ बन्ने मन्त्रीहरूमा खगेन्द्र सुनारसहित सुधा गौतम, गणपति लाल श्रेष्ठ र बब्लु गुप्ता छन् । 

गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले बतायो ।
उनीहरूको आजै शपथ ग्रहणको तयारी छ ।

आज चार मन्त्री थपिँदा कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुनेछ। यसअघि मन्त्रिमण्डलमा ८ सदस्य छन्।

जसमा कार्की प्रधानमन्त्री, रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री, ओमप्रकाश अर्याल गृहमन्त्री, अनिलकुमार सिन्हा उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकासमन्त्री र जगदीश खरेल सूचना तथा सञ्चारमन्त्री छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७