कांग्रेसको रुख र केपी ओलीको मुख देखिनु भएन : खगेन्द्र सुनार
काठमाडौँ : हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारले नयाँ र वैकल्पिक शक्तिहरू एकताबद्ध हुनुको विकल्प नभएको बताएका छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सुनारले पुराना दलले देशलाई असफल दिशातर्फ लैजाँदै गरेको दाबी गरे ।
‘कांग्रेस र एमाले देश डुबाउन मिल्दै छन्, हामी बनाउन मिल्दैछौँ,’ उनले भने । नयाँ शक्तिहरूको चाहना एउटै रहेको उनको भनाइ छ।
‘मरेका जेनजी र बाँचेका नेपालीको मुख हेर्ने हो । केपी ओलीको कब्जाबाट देश मुक्त गराउन र भोलि देशवासीको सुखका लागि हो,’ उनले भने, ‘केपी ओलीको मुख र कांग्रेसको रुख देखिनुभएन।’
सुनारले मेयर बालेन सक्रिय राजनीतिमा आउने चाहनामा रहेको उल्लेख गर्दै रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलाई मिलेर अघि बढ्न आफूहरूले सुझाव दिएको बताए ।
.gif)

.png)

