अब कुनै पनि बहानामा चुनाव रोक्नु हुँदैन : केपी ओली


२०८२ फाल्गुण १० आइतबार १४:२२ बजे

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गते तय गरिएको निर्वाचनप्रति आशंका बढेको बताएका छन् । चुनावी अभियानका क्रममा गृहजिल्ला झापा पुगेका ओलीले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो धारणा राखेका हुन्।

सरकारले देखिएका आशंकाहरू हटाउन पहल गर्नुपर्ने उनको भनाइ थियो । कुनै पनि बहानामा निर्वाचन रोक्न नहुने उल्लेख गर्दै उनले धाँधली हुन सक्ने भन्दै नागरिकस्तरमै गम्भीर चासो व्यक्त भइरहेको बताए । त्यस्ता आशंकाको निवारण गर्ने जिम्मेवारी सरकारको भएको उनले बताए । 

शान्ति-सुरक्षाप्रति पनि सर्वसाधारण ढुक्क हुन नसकेको उल्लेख गर्दै अध्यक्ष ओलीले निर्वाचन निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने सुनिश्चितता दिन सरकारलाई सुझाव दिए।

'निर्वाचनमा सहभागी भइसके पनि मेरो दलको तर्फबाट निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचनका लागि एमाले सहयोग गर्न तयार छ', ओलीले भने। उनले एमाले निर्वाचनको वातावरण बिगार्ने वा बिथोल्ने गतिविधिमा सहभागी नहुने स्पष्ट पारे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७