झापा–५ मा बालेन विजयी, साढे ४९ हजार फराकिलो मतान्तरले केपी ओली पराजित


२०८२ फाल्गुण २३ शनिबार १८:१४ बजे

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको 'इपिसेन्टर' बनेको झापा क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ठूलो मतान्तरसहित विजयी भएका छन्।

रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेकाले झापा–५ मा चुनावी प्रतिस्पर्धा निकै चासोको विषय बनिरहेको थियो। बालेन शाह, जो काठमाडौं महानगरपालिकाका पूर्व-नगरप्रमुख पनि हुन्, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धामा थिए।

बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली केवल १८ हजार ७३४ मतमा सीमित भए। यसरी बालेनले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरे।

यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा ओलीले कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७६ मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएका थिए । त्यस समयमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए भने अधिकारीले २३ हजार ७४३ मत ल्याएका थिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७