रुकुम पश्चिममा जनार्दन शर्मालाई कालो झण्डा


२०८२ मङ्सिर २१ आइतबार ११:०९ बजे

काठमाडौं : प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुमपश्चिममा कालो झण्डा देखाइएको छ । 

तत्कालीन नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव शर्मालाई आइतबार बिहान युवाहरूले कालो झण्डा देखाएर विरोध गरेका हुन्। 

शर्माले नेकपा माओवादी केन्द्रबाटअलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका छन्। 

उनी पार्टी गठन गरेपछि पहिलोपटक गृहजिल्ला रुकुमपश्चिम पुगेका हुन्।

उनलाई माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी) का कार्यकर्ताले कालो झण्डा देखाएर विरोध जनाएका हुन्। 

शर्मा काठमाडौँबाट नेपाल एयरलाइन्सको हवाइजहाज चढेर रुकुमपश्चिमको सदरमुकाम खलंगामा रहेको मुसिकोट विमानस्थलमा ओर्लिएका थिए।

उनलाई विमानस्थल नजिकै पुगेर नेकपामा कार्यकर्ताहरुले कालोझण्डा देखाएका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७