कैलाली–२ मा प्रलोपाका उम्मेदवारद्वारा एमालेका थापालाई समर्थन


२०८२ फाल्गुण १६ शनिबार १२:५५ बजे

काठमाडौँ : कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार डम्बरबहादुर रावल प्रतिस्पर्धाबाट पछि हटेका छन् । उनले उम्मेदवारी निस्क्रिय पार्दै नेकपा एमालेका उम्मेदवार सुर्यबहादुर थापालाई समर्थन गर्ने निर्णय गरेका हुन्।

दुई दलबीच भएको सहमतिअनुसार प्रत्यक्षतर्फ प्रलोपा एमाले उम्मेदवार थापाको पक्षमा उभिनेछ भने समानुपातिकतर्फ दुवै दलले आ–आफ्नै चुनाव चिह्नमा मत माग्नेछन्।

सहमति कार्यक्रममा प्रलोपा केन्द्रीय सदस्य तथा पूर्व संविधानसभा सदस्य भगत बडूवालले पार्टी नेता तथा कार्यकर्ताको भावनाअनुसार निर्णय गरिएको बताए। उनले भने, ‘देश गम्भीर मोडमा छ । विभिन्न शक्तिहरू सक्रिय भइरहेका बेला संविधान र राष्ट्रिय अस्मिताको रक्षा गर्नुपर्ने आवश्यकता महसुस गर्दै हामी यो निर्णयमा पुगेका हौं’ ।

त्यस्तै, एमाले केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज लीला भण्डारीले सहमतिले कैलाली–२ मा एमालेको जितलाई बलियो बनाउने दाबी गरिन्। उनले भनिन्, ‘देश र संविधान जोगाउन आजको घोषणा महत्वपूर्ण छ । यसले यहाँ एमालेको जितलाई अझ बलियो बनाएको छ’ । साथै, समान विचार भएका शक्तिहरूलाई सहकार्यका लागि आह्वानसमेत गरिन्।

प्रलोपा उम्मेदवारको समर्थनपछि एमाले उम्मेदवार सुर्यबहादुर थापाले पनि आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै विकास र समृद्धिका लागि एकता आवश्यक रहेको उल्लेख गरेका छन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७