काठमाडौं–३ मा राजु पाण्डे विजयी, कुलमान घिसिङ पराजित


२०८२ फाल्गुण २२ शुक्रबार २१:१२ बजे

काठमाडौँ : काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु पाण्डे विजयी भएका छन्। उनले १८ हजार ७५७ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्। पाण्डेले घिसिङलाई ७ हजार ५८६ मतले पराजित गरेका हुन्।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत चमिला भट्टराईका अनुसार मतगणनाको अन्तिम परिणामअनुसार पाण्डे विजयी भएका हुन्।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७