सिरहामा बम विस्फोट, एक जना घाइते


२०८२ फाल्गुण २७ बुधबार १७:०६ बजे

काठमाडौँ : सिरहा सदरमुकाममा बम विस्फोट भएको छ। सिरहा जिल्ला अदालतको अगाडिको मधेश 'ल' फर्ममा यो विस्फोट भएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार, विस्फोट दिउँसो ४ बजे भएको थियो। उक्त विस्फोटमा एक जना घाइते भएका छन्, जसलाई उपचारका लागि प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।

प्रारम्भिक अनुमान अनुसार, विस्फोट सुतली बमको भएको हुनसक्छ। घटनास्थलमा सुरक्षा निकायको टोली पुगेर अनुसन्धान कार्यमा संलग्न छ, एसपी पाठकले जानकारी दिए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७