यी हुन् मन्त्रिपरिषद् बैठकका चार निर्णयहरू
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा गठन भएको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार प्रमुख निर्णय सार्वजनिक गरिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय गरेको छ ।
बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता पोखरेलले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ तथा यसअघि भएका विभिन्न आन्दोलनमा वीरगति प्राप्त गर्ने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरूप्रति भावपूर्ण सम्मान तथा श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरिएको जानकारी दिए ।
यसैगरी, सरकारले शासकीय सुधारका लागि तयार पारिएको ‘१०० कार्यसूची’ स्वीकृत गरेको छ । उक्त कार्यसूची शनिबारसम्म सार्वजनिक गरिने जनाइएको छ ।
त्यस्तै, भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले पेश गरेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।
आयोगको सिफारिसअनुसार सुरक्षा संयन्त्रसँग सम्बन्धित विषयमा अध्ययन समिति गठन गरिनेछ भने अन्य सिफारिसहरू तत्काल कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइने प्रवक्ता पोखरेलले बताए ।
निर्णयहरू संक्षेपमा:-
–भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने ।
–नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।
–सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने । (भोलिसम्म प्रकाशित गर्ने)
–भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।
.gif)

.png)

