प्रतिनिधिसभाको उपसभामुख निर्वाचन चैत २७ गते हुने


२०८२ चैत २५ बुधबार १६:०४ बजे

काठमाडौं : प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही चैत २७ गते शुक्रबार सञ्चालन हुने भएको छ।

सभामुख डीपी अर्यालले बुधबार (चैत २५) प्रतिनिधिसभा बैठकबाट उपसभामुख निर्वाचनको मिति तोकेका हुन्। उनले निर्वाचनसम्बन्धी सूचना आजै प्रतिनिधिसभाका सचिव हर्कराज राईमार्फत प्रकाशन गर्न निर्देशन दिएका छन्।

संविधानको व्यवस्था अनुसार उपसभामुख रास्वपाबाहेकको दल र महिला सदस्यबाट चयन गरिनुपर्छ। उपसभामुख पद संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले राजनीतिक दलहरू यस पद आफ्नो पक्षमा पार्न रास्वपासँग छलफलमा जुटेका छन्।

नेताहरूका अनुसार, उपसभामुख कुन पार्टीबाट आउने भन्नेबारे प्रतिनिधिसभामा झन्डै दुई तिहाइ सिट रहेको रास्वपाले अहिलेसम्म निर्णय नगरेको बताइएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७