यी हुन् नेकपाका प्रदेश इञ्चार्ज र संयोजक
काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीभित्रको कार्यविभाजन टुंग्याउँदै प्रदेशस्तर इञ्चार्ज र संयोजकहरूको जिम्मेवारी तोकेको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैरभौगोलिक प्रदेशमा इञ्चार्ज र संयोजकहरू टुंगो लगाएको हो ।
सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय सयोजन समितिको बैठकले ११ देखि १५ मंसिरसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । केन्द्रीय महाधिवेशनअघि जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका वडा र जनवर्गीय संगठनहरूको समायोजन गर्ने, असार र साउनमा श्रम शिविर र सदस्यता नवीकरण गर्ने, भदौ १५ सम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला, कात्तिक १५ प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ ।
कोशी प्रदेश इञ्चार्जमा राजेन्द्र राई, मधेश प्रदेश इञ्चार्जमा महिन्द्र राय यादव, बागमती प्रदेश इञ्चार्जमा डा। गंगालाल तुलाधर, गण्डकी प्रदेश इञ्चार्जमा श्रीनाथ बराल, लुम्बिनी प्रदेश इञ्चार्जमा चक्रपाणि खनाल, कर्णाली प्रदेश इञ्चार्जमा चन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा डा। भीम रावल छन् । यसैगरी उपत्यका विशेष प्रदेश इञ्चार्जको जिम्मेवारी हितमान शाक्यले र सम्पर्क समन्वय प्रदेश इञ्चार्जको जिम्मेवारी यशोदा सुवेदी गुरुङले पाएकी छन् ।
प्रदेश इञ्चार्जहरू
- कोशी प्रदेश : राजेन्द्र राई
- मधेश प्रदेश : महिन्द्र राय यादव
- बागमती प्रदेश : डा. गंगालाल तुलाधर
- गण्डकी प्रदेश : श्रीनाथ बराल
- लुम्बिनी प्रदेश : चक्रपाणि खनाल
- कर्णाली प्रदेश : चन्द्रबहादुर शाही
- सुदूरपश्चिम प्रदेश : डा. भीम रावल
- उपत्यका विशेष प्रदेश : हितमान शाक्य
- सम्पर्क समन्वय प्रदेश : यशोदा सुवेदी
प्रदेश संयोजकहरू
- कोशी प्रदेश : हर्क नेम्वाङ
- मधेश प्रदेश : राजु खड्का
- बागमती प्रदेश : सरल सहयात्री
- गण्डकी प्रदेश : गायत्री गुरुङ
- लुम्बिनी प्रदेश : अब्दुल हुसेन खान
- कर्णाली प्रदेश : बिमला केसी
- सुदूरपश्चिम प्रदेश : हरिराम चौधरी
- उपत्यका विशेष प्रदेश : विष्णु लामिछाने
- सम्पर्क समन्वय प्रदेश : तारानाथ दाहाल
.gif)

.png)

