विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको बिक्रीदर १५३ रुपैयाँ नाघ्दा अन्य मुद्राकाे कति?
काठमाडौँ, २६ जेठ : नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अमेरिकी डलरसहितका प्रमुख वैदेशिक मुद्राहरूको भाउ उच्च विन्दुमा कायम रहेको छ। आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा तोकिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०९ पैसा कायम हुँदा युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ २६ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ र बिक्रीदर १९२ रुपैयाँ ७५ पैसा रहेको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ १२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १३ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १८ पैसा तोकिएको छ। छिमेकी मुलुक चीनको मुद्रा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६२ पैसा कायम हुँदा जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ५९ पैसा रहेको छ। यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा साबिककै अवस्थामा स्थिर छ।
नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुक खाडी क्षेत्र र मलेसियाको मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०९ पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा कायम भएको छ।
मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६७ पैसा तोकिँदा, कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ८९ पैसा तथा ओमनी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ५२ पैसा रहेको छ।
यसैगरी, थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २३ पैसा र बिक्रीदर १६ रुपैयाँ २९ पैसा, डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ६० पैसा र बिक्रीदर २३ रुपैयाँ ६९ पैसा र हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने र वाणिज्य बैंकहरूले तोक्ने दर केही फरक हुन सक्ने जनाएको छ।
.gif)

.png)

