डिभोर्स मुद्दा फिर्ता लिएपछि गोविन्दाकी पत्नी सुनिताले भनिन्, ‘अहिले सबै ठीक छ’


२०८३ भदौ ३ बुधबार १८:५८ बजे

मुम्बई :  बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाबीचको वैवाहिक विवादले नयाँ मोड लिएको छ । सुनिताले गोविन्दाविरुद्ध दायर गरेको सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिएकी छन् ।

सुनिता बुधबार छोरा यशवद्र्धन आहुजासहित मुम्बईको बान्द्रा परिवार अदालत पुगेकी थिइन् । अदालत पुगेको कारणबारे पपाराजीले सोध्दा उनले ठट्टा गर्दै ‘जन्मदिन मनाउन आएकी थिएँ’ भनेकी थिइन् ।

गोविन्दाका म्यानेजर शशी सिन्हाले सुनिताले सम्बन्धविच्छेदको मुद्दा फिर्ता लिइसकेको पुष्टि गर्दै अहिले दुवैबीच सबै ठीक रहेको बताएका छन् । उनका अनुसार सुनिता केही समयअघि निकै रिसाएको देखिए पनि अहिले परिस्थिति सामान्य बनेको छ ।

रिपोर्टअनुसार सुनिताले ५ डिसेम्बर २०२४ मा बान्द्रा परिवार अदालतमा हिन्दू म्यारिज एक्ट, १९५५ अन्तर्गत सम्बन्धविच्छेदको याचिका दायर गरेकी थिइन् । याचिकामा उनले गोविन्दामाथि व्यभिचार, क्रुरता र परित्यागको आरोप लगाएकी थिइन् ।

गोविन्दा र सुनिताको विवाह सन् १९८७ मा भएको हो । उनीहरूका दुई सन्तान छन्—छोरी टीना आहुजा र छोरा यशवद्र्धन आहुजा । पछिल्लो समय उनीहरूबीचको विवाद सार्वजनिक रूपमा समेत चर्चामा आएको थियो । गोविन्दा आगामी फिल्म रूपाकी सहकलाकार कोमल रानी स्वर्णकरसँग नजिकिएको चर्चापछि सुनिताले पपाराजीसँग असन्तुष्टि जनाएकी थिइन् । उनले गोविन्दालाई ‘सुगर ड्याडी’ भन्दै व्यंग्यसमेत गरेकी थिइन् ।

यसपछि गोविन्दाले पनि सुनितालाई मनपरी नबोल्न चेतावनी दिएका थिए । विवाद चर्किए पनि अहिले सुनिताले डिभोर्स मुद्दा फिर्ता लिएपछि उनीहरूको सम्बन्धमा सुधार आएको दाबी गरिएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७