विदेशी मुद्रा विनिमयदर : डलरदेखि भारतीय रुपैयाँसम्म यस्तो छ मूल्य
डलर १५३ रुपैयाँमाथि, कुवेती दिनारको बिक्रीदर ५०० रुपैयाँ नाघ्यो
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले अमेरिकी डलरदेखि भारतीय रुपैयाँसम्म विभिन्न विदेशी मुद्राको खरिद तथा बिक्रीदर निर्धारण गरेको हो। राष्ट्र बैंककाअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४४ पैसा कायम गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७९ रुपैयाँ ६१ पैसा तोकिएको छ। यस्तै, बेलायती पाउण्ड स्ट्रलिङ एकको बिक्रीदर २०९ रुपैयाँ ३७ पैसा पुगेको छ भने कुवेती दिनार एकको बिक्रीदर सबैभन्दा महँगो ५०० रुपैयाँ २१ पैसा कायम गरिएको छ। बहराइन दिनारको बिक्रीदर ४०६ रुपैयाँ ९९ पैसा र ओमनी रियालको बिक्रीदर ३९८ रुपैयाँ ५६ पैसा तोकिएको छ।
अस्ट्रेलियन डलरको बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलरको १११ रुपैयाँ ४६ पैसा र सिंगापुर डलरको १२० रुपैयाँ ७७ पैसा कायम भएको छ। एसियाली मुद्रातर्फ जापानी येन १० को बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, चिनियाँ युआनको २२ रुपैयाँ ८३ पैसा र थाइ भाटको चार रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ।
युएई दिरामको बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा तथा कतारी रियालको ४२ रुपैयाँ १० पैसा कायम छ। भारतीय रुपैयाँ एक सयको बिक्रीदर भने १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछन्।
.gif)

.png)

