ओलीले दिए केन्द्रीय बैठक बोलाउन निर्देश, पहिले कार्यदल र सचिवालय बस्नुपर्ने पोखरेलको मत


२०८३ भदौ ९ मंगलबार १२:०१ बजे

काठमाडौं : नेकपा एमालेमा केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच छलफल भएको छ। अध्यक्ष ओलीले भदौ २५, २६ र २७ गते केन्द्रीय कमिटी बैठक बोलाउन महासचिव पोखरेललाई निर्देशन दिएका थिए।

गुण्डुबाट सोमबार फोनमार्फत ओलीले बैठकको मिति तय गरी तयारी अघि बढाउन निर्देशन दिएका हुन्। अध्यक्षको निर्देशनपछि पोखरेलले बैठक बोलाउनुअघि पार्टीभित्रका केही संरचनागत विषय टुंग्याउनुपर्ने धारणा राखेका छन्। उनले अध्यक्ष ओलीलाई भेटेरै पार्टी पुनर्गठनका लागि गठन गरिएको कार्यदलको बैठक र त्यसपछि सचिवालय बैठक बस्नुपर्ने प्रस्ताव गरेका छन्।

पोखरेलको प्रस्तावअनुसार पहिले पुनर्गठनसम्बन्धी कार्यदलको बैठक बसेर आवश्यक विषयमा छलफल गर्ने र त्यसपछि सचिवालय बैठकमार्फत थप निर्णय गरी मात्रै केन्द्रीय कमिटी बैठक बोलाउनु उपयुक्त हुनेछ। यसअघि ओलीले भने भदौ २५ देखि २७ गतेसम्म केन्द्रीय कमिटी बैठक गर्ने गरी महासचिवलाई निर्देशन दिएका थिए।

अब पोखरेलको प्रस्तावअनुसार बैठकको तयारी अघि बढेमा कार्यदल र सचिवालयको बैठकपछि मात्रै केन्द्रीय कमिटी बैठकको एजेन्डा तथा अन्य तयारी टुंगो लाग्ने देखिएको छ। यसले एमालेभित्र पार्टी पुनर्गठनको प्रक्रियालाई कसरी अघि बढाउने भन्ने विषयमा थप छलफल आवश्यक रहेको संकेत गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७