मेसीको चार गोलमा इन्टर मियामीको शानदार जित

मोन्टरियाल ७–१ ले पराजित


२०८३ भदौ १४ आइतबार ११:०७ बजे

काठमाडौं :  कप्तान लियोनल मेसीले चार गोल गरेपछि इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा मोन्टरियालमाथि ७–१ को शानदार जित निकालेको छ।

आइतबार भएको खेलमा घरेलु टोली मियामीका लागि मेसीले चार गोल गरे भने क्यासिमिरो, लुइस स्वारेज र अलेक्सजेन्डर शले एक/एक गोल थपे। मोन्टरियालका फाबियो हर्बर्सले एक गोल फर्काए।

खेलको २०औँ मिनेटमा क्यासिमिरोले गोल गर्दै मियामीलाई अग्रता दिलाएका थिए। ३७औँ मिनेटमा हर्बर्सले गोल गर्दै मोन्टरियाललाई खेलमा फर्काए।

तर, ४०औँ मिनेटमा मेसीले गोल गरेपछि मियामीले पहिलो हाफ २–१ को अग्रतासहित सकायो। दोस्रो हाफमा मियामीले आक्रामक प्रदर्शन गर्दै थप पाँच गोल गर्‍यो। मेसीले ५२औँ मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे।

८०औँ मिनेटमा स्वारेजले गोल गर्दै मियामीको अग्रता ४–१ बनाए। त्यसको तीन मिनेटपछि मेसीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे।

खेलको निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा शले गोल गर्दै मियामीलाई ६–१ को अग्रता दिलाए। इन्ज्युरी समयमा मेसीले व्यक्तिगत चौथो तथा टोलीका लागि सातौँ गोल गर्दै मियामीको शानदार जित सुनिश्चित गरे।

जितसँगै २२ खेलबाट ४२ अंक जोडेको इन्टर मियामी इस्टर्न कन्फरेन्सको दोस्रो स्थानमा उक्लिएको छ। पराजित मोन्टरियाल समान खेलबाट २१ अंकसहित १७औँ स्थानमा छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७