चोरीपैठारीका १० विद्युतीय स्कुटर प्रहरीको नियन्त्रणमा
भन्सार कार्यालयमा बुझाइयो
वीरगन्ज (पर्सा) : भन्सार छली गरी नेपाल भित्र्याइएका १० वटा विद्युतीय स्कुटर प्रहरीले वीरगन्जबाट नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार गस्तीमा रहेको प्रहरी टोलीले चोरीपैठारी गरी ल्याइएका स्कुटरहरू नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बरामद गरिएका १० वटा विद्युतीय स्कुटरको बजारमूल्य करिब ८० लाख रुपैयाँ रहेको छ।
नियन्त्रणमा लिइएका स्कुटरलाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
.gif)

.png)

