२८ वर्षमा यती एअरलाइन्स : एक वर्षमै ९ लाख यात्रुलाई सेवा


२०८३ असोज ५ सोमबार १२:५६ बजे

काठमाडौं : यति एअरलाइन्सले २८ वर्षे यात्रा पूरा गरेको छ। नेपाली आकाशमा आन्तरिक हवाई सेवामा २८ वर्ष पूरा गरेको यतीले पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिएको जनाएको छ। सन् १९९८ मा व्यावसायिक उडान सुरु गरेको यतीले २८ वर्षको यात्रामा सेवा विस्तारसँगै यात्रुको विश्वास, उड्डयन सुरक्षा र यात्रु अनुभवलाई आफ्नो व्यवसायको प्रमुख आधार बनाउँदै आएको जनाएको छ।

कम्पनीका अनुसार पछिल्लो एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिन सक्नु नेपाली हवाई बजारमा आफ्नो निरन्तर उपस्थितिसँगै यात्रुमाझ कायम विश्वासको महत्त्वपूर्ण सूचक हो। नेपालको आन्तरिक हवाई सेवा सञ्चालन लागत, विमानस्थल पूर्वाधार, मौसमजन्य अवरोध र सडक यातायातसँगको प्रतिस्पर्धालगायत चुनौतीबीच अघि बढिरहेको छ। यस्तो अवस्थामा एक वर्षमा ९ लाख यात्रुलाई सेवा दिनुलाई कम्पनीले महत्त्वपूर्ण व्यावसायिक उपलब्धिका रूपमा लिएको छ।

यात्रु संख्या मात्रैलाई सफलताको आधार नमान्दै यतीले यात्रु अनुभव, सेवा विश्वसनीयता, सञ्चालन दक्षता र दीर्घकालीन ग्राहक सम्बन्धलाई समेत प्राथमिकतामा राख्दै आएको जनाएको छ। हवाई सेवामा प्रतिस्पर्धा बढ्दै जाँदा भाडादरसँगै बुकिङको सहजता, विमानस्थल सेवा, सूचना प्रवाह, कर्मचारीको व्यवहार, समय व्यवस्थापन र समग्र यात्रु अनुभव पनि महत्त्वपूर्ण बन्दै गएको छ।

यही पक्षलाई ध्यानमा राख्दै यतीले टिकट बुकिङदेखि विमानस्थल सेवा र उडान अनुभवसम्मका प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउने प्रयास गरिरहेको जनाएको छ। यात्रुका सुझाव तथा प्रतिक्रियालाई सेवा सुधारको आधार बनाउँदै डिजिटल माध्यम र ग्राहक सम्पर्क प्रणालीलाई समेत प्रभावकारी बनाउनेतर्फ कम्पनी केन्द्रित रहेको जनाएको छ।

यती एअरलाइन्सले उड्डयन सुरक्षालाई आफ्नो व्यवसायको मुख्य आधारका रूपमा लिँदै आएको जनाएको छ। सञ्चालन प्रक्रिया, नियमित प्राविधिक निगरानी, चालक दल तथा प्राविधिक जनशक्तिको तालिम र सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर सुधार गर्दै आएको कम्पनीको भनाइ छ। सुरक्षित उडानसँगै यात्रुलाई भरपर्दो र सहज सेवा प्रदान गर्नु आफ्नो दीर्घकालीन प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ।

नेपालको भौगोलिक अवस्थाका कारण हवाई यातायात पर्यटन, व्यापार, स्वास्थ्य, शिक्षा तथा आन्तरिक आवागमनको महत्त्वपूर्ण माध्यमका रूपमा रहेको छ। यतीले विभिन्न प्रमुख सहर तथा पर्यटकीय गन्तव्यलाई हवाई सेवामार्फत जोड्दै आएको जनाएको छ। कम्पनीका अनुसार हवाई सेवाको पहुँचले यात्रुको समय बचत गर्नुका साथै पर्यटन तथा स्थानीय व्यवसायको गतिविधिलाई समेत सहयोग पुर्‍याउँछ।

२८औँ वार्षिकोत्सवलाई यतीले विगतको उपलब्धिको समीक्षा गर्दै आगामी यात्राको दिशा तय गर्ने अवसरका रूपमा लिएको छ। कम्पनीले यात्रुको मागअनुसार सेवा सुधार, सञ्चालन दक्षता अभिवृद्धि, डिजिटल प्रविधिको विस्तार र ग्राहक अनुभवलाई थप सहज बनाउने विषयलाई आगामी प्राथमिकतामा राखेको जनाएको छ। २८ वर्षको अनुभव र लाखौँ यात्रुको विश्वासलाई आधार बनाउँदै यतीले आगामी दिनमा सुरक्षित, भरपर्दो, सहज र यात्रुमैत्री हवाई सेवालाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७