महासभामा प्रधानमन्त्री शाहले भने, जलवायु न्याय राष्ट्रसंघको दस्ताबेजमा सीमित सुन्दर वाक्य बन्नु हुँदैन


२०८३ असोज ९ शुक्रबार ०७:१२ बजे
Photo: Eduardo Munoz/Reuters

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको असरलाई विश्व समुदायले गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान ०.१ प्रतिशतभन्दा पनि कम भए पनि जलवायु परिवर्तनको ठूलो मूल्य नेपालले चुकाइरहेको बताए।

उनले नेपालका लागि जलवायु संकट वातावरणीय समस्या मात्र नभई ‘विकासको आपत्काल’ समेत बनेको उल्लेख गरे।

ऐतिहासिक रूपमा बढी हरितगृह ग्यास उत्सर्जन गरेका राष्ट्रहरूले जलवायु परिवर्तनको असर न्यूनीकरण तथा प्रभावित मुलुकलाई सहयोग गर्ने विषयमा थप जिम्मेवारी लिनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिए।

उनले जलवायु न्यायलाई अन्तर्राष्ट्रिय दस्ताबेजमा सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्ने समेत बताए।

‘जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन। हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्छ,’ प्रधानमन्त्री शाहले भने।

नेपालजस्ता जलवायु परिवर्तनमा न्यून योगदान गरेका तर, यसको असरबाट बढी प्रभावित मुलुकका नागरिकको जीवन र विकासमा परेको असरलाई अन्तर्राष्ट्रिय समुदायले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७